घुससहित इञ्जिनियर र वडा सदस्य पक्राउ

तनहुँको भानु नगरपालिकाका इञ्जिनियर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुससहित पक्राउ परेका छन् ।

 

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले इञ्जिनियर अधिकारी र वडासदस्य अधिकारीलाई ७५ हजार घुससहित पक्राउ गरेको हो ।

 

वडासदस्य अधिकारीमार्फत इञ्जिनियर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी फारिस÷कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियारबाट खटिएको टोलीले अधिकारीद्वयलाई नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको हाे ।

 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले  पक्राउ परेका निजहरुविरुद्ध अनुसन्धान भइरहेको जानकारी दिए । रासस