
काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

पाँच सय रुपैयाँ बढेको सुनको भाउ आज तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रबार एक हजार रुपैयाँ बढेको सुनको भाउ तोलामा ९७ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
बिहीबार सुनको भाउ तोलामा ९६ हजार २ सय रुपैयाँ तोकिएको थियो ।
बिज्ञापन



चाँदीको भाउ पनि आज तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
