
भोजपुर – भोजपुरको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा पिङ खेल्ने क्रममा एक बालिकाको ज्यान गएको छ ।
तन्नाको पिङ बनाएर खेल्ने क्रममा घाँटीमा तन्ना बेरिएपछि स्थानीय भाइराज राईकी ९ वर्षीया छोरी निशानाको ज्यान गएको हो ।
शव पोष्टमार्टमको लागि भोजपुर अस्पताल ल्याइएको प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रवक्ता इन्सपेक्टर पाण्डव राजवंशीले बताउनु भयो ।