
काठमाडौं, । राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले सत्ता गठबन्धनका पाँच दल दुई तिहाइमा पुग्ने अवस्था बनेको छ ।

सत्ता गठबन्धनका दलहरू दुई तिहाइमा पुग्नु भनेको राष्ट्रियसभा निर्वाचित अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको पद धरापमा पर्नु हो । विश्वस्त स्रोतका अनुसार हिजोको मत परिणाम आएपछि सत्ता गठबन्धनले तिमिल्सिनाविरुद्ध महाभियोग लगाउने पूर्वतयारी गरिसकेको छ ।



महाभियोग पारित गर्न ५९ सदस्यीय राष्ट्रियसभामा ४० सांसदको साथ भए पुग्छ ।

संविधानअनुसार राष्ट्रियसभाको अध्यक्षलाई एक तिहाइ सांसदले महाभियोग लगाउन प्रस्ताव पेश गर्न सक्नेछन् । पारित गर्न भने दुई तिहाइ आवश्यक पर्छ । राष्ट्रियसभाको अब बन्ने संरचनामा सत्ता गठबन्धनको अंकगणितले तिमिल्सिनाको पद भने धरापमा पारेको छ ।
राष्ट्रियसभामा २० फागुनबाट कस्को कति सिट
नेकपा एमाले-१७
माओवादी केन्द्र-१५
नेपाली काँग्रेस-१०
नेकपा एस-९
जसपा-३
राजमो-१
लोसपा-१
स्वतन्त्र खिमलाल देवकोटा-१
मनोनित कतै नखुलेका बामदेव गौतम-१
मनोनित हुन बाँकी-१