‘चौकिदार चहिए नेपालबाट ल्याउँछौं’ भनेर अपमानजनक टिप्पणी गरेकी अल्का लाम्बाको लज्जास्पद हार

काठमाडौं। गत वर्ष नेपालविरुद्ध विवादास्पद र अपमानजनक टिप्पणी गरेकी अल्का लाम्बा दिल्ली विधानसभाको निर्वाचनमा अभिव्यक्ति दिएकी कांग्रेस नेतृ अल्का लाम्बा दिल्ली विधानसभा निर्वाचनमा नराम्रो हार भोगेकी छन् । चाँदनीचोकमा ७७ हजार १९९ मत खसेकोमा आम आद्मी पार्टीका प्रल्हादसिंह साहनीले ५० हजार ८९१ मत ल्याएर विजयी भए भने भारतीय जनता पार्टीका सुमन कुमार गुप्ताले २९ हजार ५८४ मत ल्याए ।कांग्रेसबाट चाँदनीचोकको उम्मेदवार बनेकी अल्का लाम्बाले भने ३ हजार ८८१ मत अर्थात ५ प्रतिशतमात्रै मत ल्याइन् ।

 

बिज्ञापन

सन् २०१५ को आम निर्वाचनमा उनले आम आद्मी पार्टीबाट उम्मेवार बनेर जीत हासिल गरेकी थिइन् । गत वर्ष आप छाडेर कांग्रेस प्रवेश गरेकी लाम्बा कांग्रेसबाट उम्मेदवार बनेकी थिइन्। तर उनी चाँदनी चोक क्षेत्रबाट पराजित भएकी हुन् ।गत वर्ष लोकसभा निर्वाचनका क्रममा भारतीय जनता पार्टीले ‘चौकिदार’ को रुपमा आफूलाई ब्याख्या गरेपछि कांग्रेसले ‘चौकिदार चोर छ’ भन्ने नारा लगाएको थियो । सो क्रममा लाम्बाले ‘चौकिदार नेपालबाट ल्याउन सकिने’ भन्दै नेपालीको मनमा चोट पुर्‍याउने अभिव्यक्ति दिएकी थिइन् ।

 

उनको सो भनाईको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी थिइन् ।चाँदनी चोकबाट लाम्बालाई आम आद्मी पार्टीका प्रहलादसिंह साहनी र भारतीय जनता पार्टीका सुमन कुमार गुप्ताले चुनौती दिएका थिए ।लाम्बाले आफ्नो पराजय स्वीकार गरेकी छन्। उनले भनेकी छन्, ‘म परिणाम स्वीकार गर्दछु, हार होइन ।’ उनले हिन्दू र मुस्लिम मतदातालाई पूर्ण रुपमा ध्रुविकरण गरिएको उल्लेख गर्दै अब कांग्रेस एउटा नयाँ लडाई र दिल्लीका जनताको लामो संघर्षका लागि तयार हुनुपर्ने बताएकी छन् ।