
इटहरी । इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बुधबार बिहान सडक अतिक्रमण गरेर बनाइएका संरचनामा डोजर चलाएका छन् ।

बिज्ञापन



त्यसै क्रममा इटहरी–१६ स्थित घरको मुख्यगेट र पर्खाल भत्काइ दिएका छन् । मेयर चौधरीले सडक अतिक्रमण गरेर बनाइएका आधा दर्जन संरचनामा डोजर चलाएका छन् ।

सडक अतिक्रमण गरिएका संरचनापछि चौधरीले खोला अतिक्रमण गरेर बनाएको संरचना भत्काउन सुरु गरेका छन् । डोजर र नगर प्रहरी लिएर हिँडेका चौधरीले इटहरी–१७ को स्यार्सेकाली पम्प आसपासमा खोला अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन थालेका छन्।
पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले नगर प्रहरी र डोजर लिएर आफैँ उत्रिनुपरेको नगरप्रमुख चौधरीले बताए। केही दिनअघि उनले आफ्नै घरको पर्खाल बाटोमा परेको भन्दै डोजर लगाएर भत्काएका थिए ।