
कञ्चनपुर : उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधीश शारङ्गा सुवेदी चढेको गाडीमा आगलागी भएको छ ।
सोमबार कार्यालय विदा भएपछि महेन्द्रराजमार्गस्थित विपिन इन्टरपाईजेज पेट्रोल पम्पमा तेल हाल्न गएको उक्त जीपमा एक्कासी आगो लागेको हो ।
उच्च आदालत दिपायल महेन्द्रनगर इजलासका रजिष्ट्रार तीर्थराज भट्टले न्यायाधीश सुवेदी चढेको बा १ झ ८८६३ नम्बरको गाडीमा तेल हालेपछि फर्किने क्रममा साँझ सवा ५ बजेतिर एक्कासी आगो लागेको बताए । ‘खै किन के कारणबाट आगो लाग्यो,’ ‘रजिष्ट्रार भट्टले भने, ‘मानवीय क्षति भएन, गाडी जलेर नष्ट भएको छ ।’
आगो लागेपछि न्यायाधीशसहित चालक निर्मला अधिकारी, सुरक्षाकर्मी कविता चौधरी उत्रिएका थिए । वडा प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज मोहनजंग बुढथापाले अगाडिको वाइरिङ्ग तार सर्ट हुँदा आगो लागेको बताए । भीमदत्त नगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो निभाएका थिए ।
आगलागीको कारण पत्ता लगाइरहेको प्रहरीले जनाएको छ ।