युक्रेनबाट चार नेपालीको उद्धार

काठमाडौँ- युक्रेनबाट चार नेपालीलाई उद्धार गरेर नेपाल ल्याइएको छ ।भारतीय सरकारको सहयोगमा उनीहरूलाई भारत हुँदै नेपाल ल्याइएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाली नागरिकलाई उद्धार गरेर ल्याएकोमा धन्यवाद व्यक्त गरेका छन् ।युक्रेनमा रुसले आक्रमण गरेको छ ।

युद्ध चलिरहेका बेला उद्धारको पर्खाइमा रहेका भारतीय नागरिकहरूलाई ल्याउने क्रममा भारतीय विमानमार्फत चार नेपालीलाई पनि ल्याइएको हो ।

भारतले आफ्ना नागरिकलाई युक्रेनबाट उद्धार गर्नका लागि अपरेशन गंगा अभियान चलाएको छ ।