
प्रहरी सहायक निरीक्षक (असई) उमेश केसीसँग ६० लाख रुपैयाँ बिगो माग दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

बिज्ञापन



महानगरीय अपराध महाशाखामा कार्यरत केसीले आफ्नो पे्रमिकालाई प्रयोग गरेर जबरजस्ती करणीमा पुर्पक्षका लागि थुनामा परेकाहरुसँग ६० लाख घुसमागेका थिए ।

घुस मागेको अडियोसहित अख्तियारले केसीलाई पक्राउ गरेको थियो । केसीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) अनुसारको कसुर ठहर गर्दै आयोगले मुद्दा दायर गरेको हो ।