मन्त्री अर्याल सवार यति एअरलाइन्सको विमान दुर्घटनाबाट जोगियो

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्याल सवार यति एअरलाइन्सको विमान दुर्घटना हुनबाट जोगिएको छ ।

 

बिज्ञापन

काठमाडौंबाट पोखराका लागि आज (बिहीबार) बिहान ८ः४५ बजे उडेको विमान १० मिनेटमै आपतकालीन अवतरण भएको हो ।

 

विमानमा प्राविधिक समस्या आएपछि उडेको १० मिनेटमै काठमाडौं विमानस्थल फर्केको थियो ।

 

यति एअरलाइन्सका अनुसार विमानमा सवार सम्पूर्ण यात्रु सकुशल रहेका छन् ।