
दमक / विराटनरस्थित नोबेल शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमति एक महिलाको मृत्यु भएको छ । शनिबार राति ११ बजेर ३० मिनेटमा झापा गौरादह–५ की ५५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
ती महिलामा श्वासप्रश्वासमा समस्या र ज्वरोको समस्या देखिएको अस्पतालमा प्रबन्धक नारायण दाहालले बताए ।
मंसिर २१ गते उपचारका लागि भर्ना गर्ने क्रममा संकलन गरिएको स्वाबको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको दाहालले जानकारी दिए ।