कटुवा पेस्तोलसहित झापामा एक जना पक्राउ

प्रहरीले कटुवा पेस्तोलसहित एक जनालाई झापामा पक्राउ गरेको छ ।

 

बिज्ञापन

दमक नगरपालिका–३, मावाखोलामा मिक्लाजुङ गाउँपालिका–९, मधुमल्लका ४४ वर्षीय मेघराज गौतम कटुवा पेस्तोलसहित पक्राउ परेका हुन् ।

 

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, दमकबाट खटिएका प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

 

झापाका प्रहरी प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार उनको साथबाट एउटा कटुवा पेस्तोलसहित एउटा गोली र दुई वटा खोका बरामद भएको छ । गौतमलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय, दमकमा राखिएको छ ।