बैदेशिक रोजगारीका क्रममा बिदेशमा रहेका ५३२ नेपाली जेलमा, कुन देशमा कति हेर्नुहोस

काठमाडौं । बैदेशिक रोजगारीका क्रममा बिदेशमा रहेका ५३२ नेपाली जेल परेका एक तथ्याङ्कले देखाएको छ ।

 

बिज्ञापन

कानुनविपरित कार्य गर्ने नेपालीहरु सो सङ्ख्यामा जेल पेरेका हुन् । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै जेल पर्नेको संख्या पनि बढेको बताए ।

सबैभन्दा बढी नेपाली मलेसियाको जेलमा रहेको पनि उहााले बताउनु भयो । बोर्डका अनुसार मलेशियामा २०४ नेपाली जेलमा छन्। दोस्रो नम्बरमा रहेको संयुक्त अरब इमिरेट्समा १८५, कुवेतमा ५८, कतारमा ३८, साउदी अरेबियामा २४ र ओमानको जेलमा दुई नेपाली जेलमा छन्। यसमध्ये महिलाको संख्या १९ छ।

 

जेलमा रहेका मध्ये २५ जनालाई मृत्युदण्ड सजाय सुनाइएको छ । यो नेपाल सरकारका मात्रै तथ्याङ भएकाले यो भन्दा धेरै नेपाली जेलमा रहेको हुनसक्ने समाचार आजको नागरिक दैनिकमा समाचार छ।