पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरस संक्रमण

पोर्चुगलमा एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

 

बिज्ञापन

 

पोर्चुगलको फारोमा कृषिमा काम गर्ने नेपालीलाई कोरोनाको पुष्टि भएको फारोका मेयर रोगरलो बचाल्हुलाई उद्रत गर्दै पोर्चुगलका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

संक्रमित नेपालीका बारेमा थप जानकारी खुलाइएको छैन । संक्रमित नेपालीसँग कति जना सम्पर्कमा आएका थिए, कोठमा कति जना बसेका थिए भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

 

मेयर बचाल्हुले घरबाट बाहिर ननिस्कन अपिल गर्दै सुरक्षाका उपाय अवलम्बन गर्न आग्रह गरेका छन् ।

 

यसअघि अष्ट्रेलियमा रहेका एक नेपालीलाई पनि कोरोनाको पुष्टि भएको थियो । नेपाल र विदेश गरि अहिलेसम्म ३ जना नेपालीलाई कोरोनाको पुष्टि भएको छ ।