नेपोलियनले आफ्नी पत्नीलाई लेखेको २०० वर्ष पुरानो पत्र लिलामी

 

बिज्ञापन

एजेन्सी । फ्रान्सका शासक नेपोलियन बोनापार्टद्वारा आफ्नो पत्नी जोसेफाइनलाई लेखेका तीन प्रेमपत्र ५ लाख ७५ हजार अमेरिकी डलरमा लिलामी भएको छ । तीन पत्र सन् १७९६ देखि सन् १८०४ बीच लेखिएको थियो ।

सन् १७९६ मा इटाली अभियानको दौरान लेखिएको एक पत्रमा नेपोलियनले पत्नी जोसेफाइनलाई भनेका छन्, ‘मेरी प्यारी साथी, तिम्रो कुनै पत्र प्राप्त भएको छैन । निश्चय नै यसमा केही विशेष कारण होला । त्यसैले त तिमीले आफ्नो पतिलाई बिर्सेऊ । मलाई भने काम र अत्याधिक थकानबीच केवल तिम्रो मात्र सम्झना आउँछ ।’

को हुन् नेपोलियन र जोसेफाइन ?

सन् १७६९ अगस्ट १५ मा जन्मिएका नेपोलियन फ्रान्सेली क्रान्तिपछि उदाएका थिए । १९ औं शताब्दीको सुरुवातमा उनले लगभग पुरै युरोपमा प्रत्यक्ष अथवा अप्रत्यक्ष अधिकार स्थापना गरेका थिए ।

सन् १८०४ देखि १८१५ सम्म उनी फ्रान्सका शासक रहे । ब्रिटेनको जनरल नेल्सनको हातबाट ट्रैफलगरको युद्वमा हार व्यहोरेपछि नेपोलियनलाई कैदी बनाएर कोर्सीका द्विप पठाइएको थियो ।

सन् १८२१ मा बन्दी अवस्थामा उनको मृत्यु भएको थियो ।

जोसेफाइनको असली नाम म्यारी रोज थियो । नेपोलियनसँग भेट हुँदा उनी एक विधवी थिइन् । उनका दुई बच्चा थिए । सन् १८०४ मा नेपोलियन अष्ट्रियाविरुद्ध लड्नको लागि बाबेरिया जाँदै थिए । जोसेफाइनले पनि सँगै जाने जिद्दी गरेकी थिइन् तर नेपोलियनले उनलाई लैजान मानेनन् । अभियानबाट फर्केर आएपछि नेपोलियनले जोसेफाइनसँग सम्बन्ध तोडेका थिए ।

जर्मन ‘एनिग्मा मेसिन’ पनि बिक्री

फ्रेन्स एडर र एगुट्स हाउसको तर्फबाट ऐतिहासिक थीममा आधारित लिलामीमा एक दुर्लभ ‘एनिग्मा एन्क्रिप्सन मेसिन’ पनि थियो ।

यसमा प्रयोग जर्मनीले द्वितीय विश्वयुद्धको दौरान गरिएको थियो । यो मेसिन ४८१०० युरोमा लिलामी भयो ।