
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल सरकारको निर्णयको स्वागत गरेका छन् ।




हिजो (शुक्रबार) राष्ट्र र जनताको नाममा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस (कोभिड–१९) सार्क आपतकालीन कोषमा १० करोड रुपैयाँ जम्मा गर्ने नेपाल सरकारको निर्णयको भारतीय प्रधानमन्त्री मोदीले स्वागत गरेका हुन् ।

प्रधानमन्त्री ओली प्रति कृतज्ञता व्यक्ति गर्दै समाजिक सञ्जाल ट्वीटमा भारतीय प्रधानमन्त्री मोदीले लेखेका छन्–‘ओलीजीको यो प्रतिबद्धताले कोरोनाको महामारीविरुद्ध सामूहिक लडाइँ लड्ने सार्क देशहरुको समर्थनलाई दर्शाउँछ ।’
प्रधानमन्त्री ओलीले कोषमा नेपालले १० करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेका थिए ।
यही चैत २ गते सार्कका राष्ट्र तथा सरकार प्रमुखहरुबीच सामूहिक भिडियो वार्ता हुँदा भारतीय प्रधानमन्त्री मोदीले आपतकालीन कोष घोषणा गर्दै भारतले एक करोड अमेरिकी डलर जम्मा गरेको जानकारी दिएका थिए ।
यो कोषमा सार्क सदस्य देशहरुले स्वेच्छाले रकम जम्मा गर्न र कोरोना विरुद्धको लडाइँमा खर्च गर्न पाउँछन् ।