ओमकार बिशेश : प्रधानमन्त्रीको स्वास्थ्यमा गम्भीर लापरबाही , डिस्चार्ज हुदा माक्स खोइ ?

 

सान नेपाल 

बिज्ञापन

दोश्रो पटक मृगौला फेरेका प्रधानमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्दा माक्स किन लगाउन दिइएन ? बृद्धअबश्था र जिर्ण शरीर भएका प्रधानमन्त्रीलाई ब्यापक भिडभाडका साथ डिस्चार्ज गर्दा उनलाई मास्क समेत लगाउन दिइएको थिइएन । सफल मृगौला प्रत्यारोपण गराइएका प्रधानमन्त्रीलाई एक वर्ष सम्म संक्रमण बाट जोगाइ राख्नुपर्ने चिकित्सकहरु बताउँछन् । संक्रमण हुनको लागि एक सेकेन्डकै समय पर्याप्त  रहने चिकित्सकले बताइरहदा हुलहुज्जतका साथ अस्पतालले किन डिस्चार्ज हुन अनुमती दियो भन्ने तथ्य रहस्यमय देखिएको छ ।

 

भिडभाडमा ठेलमठेल गर्दै गाडीमा बसाइएको बेलाको दृश्यलाई भिडियोमा हेर्दा जो कोहीले पनि आशंका गर्न सकिने देखिएको छ भनें, उनलाई पकड्नको लागि तानातान नै गरिएको भिडियो भाइरल बनेको छ ।अति भिडका कारण प्रधानमन्त्री लड्नै लागेको बेला कसैले समातेर लड्नबाट बचाएको भिडियोमा प्रष्ट देखिन्छ । के त्यो भिडियो एनिमेटेड हो त ? यदि होइन भनें सामान्य अवस्थामा समेत लगाउनु पर्ने मास्क प्रधानमन्त्रीको अनुहारमा किन थिएन ? के उनले देखाएको साहसले रोग पनि डराउछ त ? सामाजिक संजालमा यस्ता तर्कहरु यतिबेला छ्याप्छ्याप्ती देखिएका छन् ।

 

प्रधानमन्त्रीको अगाडि पछाडी हिड्नेहरु नै प्रधानमन्त्री अस्वस्त भएको हेर्न चाहन्छ्न कि भन्ने समेत आशंका बढेको पाइन्छ । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला प्रधानमन्त्री बिना मास्क हुलहुज्जत साथ अस्पताल बाट बाहिरिनु लाई निकै अनौठो रूपमा हेरिएको छ ।प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा सम्पूर्ण नेपालीलाई थाहा हुदाहुदै प्रधानमन्त्रीलाई स्वास्थ देखाउन तामझाम र हुलहुज्जत गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।