स्यालकाे आक्रमणबाट ३ महिने बालिकाकाे ज्यान गयाे

अछाम – अछामको कमलबजार नगरपालिकामा स्यालकाे आक्रमणबाट ३ महिने बालिकाकाे ज्यान गएकाे छ ।

 

नगरपालिकाकाे वडा नम्बर १० लाँचीका लालबहादुर देउवा र धौलिदेवी देउवाकी ३ महिनाकी छोरी मैसरालाई बिहीबार दिउँसाे स्यालले मारेको प्रहरीले जनाएको छ ।

 

आफ्नै घरको आँगनमा सुताइराखेको बेला स्यालले बालिकालाई आक्रमण गरेकाे प्रहरीले जनाएको छ । घरमा कोही नभएको बेला यस्ताे घटना भएकाे स्थानीय गोविन्द विष्टले बताउनुभयो।

 

बालिकाको शव शुक्रबार जिल्ला अस्पताल अछाममा पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको अछामका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।