अवैध क्रसर सञ्चालक महतो पक्राउ

जनकपुरधाम : अवैध रुपमा क्रसर उद्योग सञ्चालन गर्दै आएका एक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

धनुषाको गणेशमान चारनाथ नगरपालिका(६ मा कमला स्टोन नामक अवैध क्रसर उद्योगका सञ्चालक महादेव महतोलाई शनिबार पक्राउ गरिएको हो ।

 

शनिबार प्रहरीले अनुगमन गर्दा महतोले बिना कुनै अनुमति अवैध रुपमा क्रसर उद्योग सञ्चालन गरेको भेटेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले बताए ।

 

महतोले तीन वर्षदेखी कर नै नतिरि सरकारी जग्गा कब्जा गरेर गैरकानूनी रुपमा उद्योग सञ्चालन गर्दै आएको भेटिएको हो ।

 

सञ्चालक महतोलाई नगरपालिकले बारम्बार उद्योगको कर तिर्न मौखिक र लिखित जानकारी गराउँदा पनि वेवास्ता गरेकोले अन्त्यमा प्रहरी बोलाई उनलाई समात्न लगाईएको गणेशमान चारनाथ नगरपालिकाका मेयर रामबाबु यादवले बताए ।