प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई अस्पताल भर्ना

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई अस्पताल भर्ना भएका छन् ।

 

नेकपाका नेता समेत रहेका भट्टराईलाई शुक्रबार राति अचानक मुटुा समस्या आएपछि महाराजगञ्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको हो ।

 

मुटुको भल्भमा समस्या भएपछि उनको शल्यक्रिया गरिएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।भट्टराईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन शनिबार विहानै स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित प्रधानमन्त्रीका सल्लाहकारहरु अस्पताल पुगेका छन् ।