
झापा: प्रहरीले बिहीबार साँझ जिल्लाको शिवसताक्षी नगरबाट ठुलो परिमाणको गाँजा र त्यसको कारोवारीलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय झिलझिले र लागु औषध बिरुद्धको अभियानका अभियन्ताले स्थानीय वडा नम्बर ११ दुधेबाट १२ किलो ग्राम परिमाणको गाँजा बरामद गरेको हो ।




जिल्ला प्रहरी कार्यलय झापाका अनुसार स्थानीय दिलवहादुर मगरको घरबाट ८ किलो, नरवहादुर मगरको घरबाट ३ किलो र तारावहादुर कुँवरको घरबाट १ किलो ग्राम परिमाणको गाँजा वरामद भएको हो ।

ईलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक कोमल ठाकुर नेतृत्वको प्रहरी टोलि र लागु औषध बिरुद्धको अभियानका युवाले गाँजाको कारोवारी दिलवहादुर मगर, नर वहादुर मगर र तारा कुवँरलाई पक्राउ गरेको छ । पक्राउ परेका मगर एका घरका दाजु भाई हुन भने कुँवर छिमेकी हुन । प्रहरीले तीनै जनालाई अनुसन्धानका लागि ईप्रका झिलझिलेको अनुसन्धान कक्षमा राखेको जिल्ला प्रहरी कार्यलय झापाले जनाएको छ ।
दुई साता अघिमात्र झापाको काकडभिट्टावाट सरुवा भई आएका प्रहरी निरीक्षक ठाकुरको टोलीले शिवसताक्षी नगरबाट मात्रै ७ जना लागु औषधप्रयोग कर्तालाई पक्राउ गरेका छन । काकडभिट्टामा रहदा प्रहरी निरीक्षक ठाकुर मुद्धा साखाको ईन्चार्जको रुपमा कार्यरत थिए । ईप्रका झिलझिलेमा सरुवा भएर आएदेखिनै प्रनि ठाकुरले लागु औषध बिरुद्धको अभियानमा स्थानीय युवा संगको सहकार्यमा अभियानलाई तिव्रता दिएका छन । उनी लागु औषध को वारेमा जानकार भएको जिल्ला प्रहरी कार्यलय झापाको उच्च प्रहरी श्रोतले जनाएको छ ।
तीन दिनको अवधीमा पक्राउ परेका लागु औषधका प्रयोग कर्ता र सो का कारोवारी मध्ये केहिलाई सुधार केन्द्र पठाएको र केहिलाई कानुनी कार्वाहिका लागि अनुसन्धानकै क्रममा राखिएको ईलाका प्रहरी कार्यलय झिलझिले ले जानकारी दिएको छ । गाँजा सहित पक्राउ परेका मगरले आफुले १० वर्ष देखी गाँजाको व्यापार गर्दै आएको वताए ।
उनले पाँचथरको रवीबाट गाँजा खरिद गरेर झापामा अवैध व्यापार गर्दै आएको प्रहरी समक्ष स्वीकार गरेका छन । मगरको घरमा शिवसताक्षी सहित जिल्लाका दमक, कनकाई, कमल, विर्तामोेड लगायतका स्थानबाट युवा गाँजा सेवनको लागि आउने गरेको प्रहरीले बताएको छ ।
मगरका अनुसार आफैले बनाएको प्याकेटको एक सय रुपैयाँका दरले दिनहु सरदर १५ देखि २० जनालाई प्रतिवन्धीत गाँजा बिक्रि गर्ने गरेको थिए । २० देखि ६० वर्ष उमेर समुहका मानिस घरमा गाँजा सेवन गर्न आउने गरेको उनले बताए । प्रहरी निरीक्षक ठाकुर झिलझिले आएदेखि नै प्रहरीले मगर लगायतको घरमा उच्च निगरानी बढाएको थियो ।
बिहीबार साँझ मगरका घरमा केहि मोटर साईकल र नयाँ मानिस देखेपछी स्वयम प्रनि ठाकुरको प्रहरी टोलिले मगरको घरमा छापा मारेको थियो । प्रहरीले डोको, बोरा, पोलेथीनको झोलामा राखेको गाँजा वरामद गरेको प्रहरी निरीक्षक ठाकुरले बताएका छन ।
यसै बिच सताक्षीधामको दर्शन गरेर फर्कदै गरेका तिर्थ यात्रि लुट्ने एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । ईलाम चुलाचुली १ वस्ने शन्देश लिम्वुलाई झिलझिले प्रहरीले पक्राउ गरको हो ।
एक साता अघि सताक्षीधामको दर्शन गरेर मोटर साईकलमा आउदै गर्दा तीर्थ यात्रीको नगद र सुनको सिक्रि लिम्वु सहितका अर्का एक युवकले लुटेका थिए । लुटेरा मध्येका एक अझै फरार छन ।