कोरोना संक्रमित वडाध्यक्ष सहनीको निधन

अनिल यादव/रौतहट : स्थानीय गरुडा नगरपालिकाको वडा न। २ का वडाध्यक्ष विसुनदेव सहनीको बिहीबार राति काठमाडौंस्थित एक अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

 

केही दिनअघि कोरोना भाइरसबाट संक्रमित भएका उनको अवस्था गम्भीर भएपछि उपचारार्थ काठमाडौं लगिएको थियो । कोरोनाले सिकिस्त बनेका उनलाई निमोनियासमेत भएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

त्यही क्रममा उनको हिजो राति निधन भएको छोरा मनोज सहनीले बताए । स्वर्गीय सहनी नेपाली काँग्रेसका स्थानीय नेता थिए ।