
काठमाण्डौ – कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोर्खा सैनिकको निधन भएको छ ।
स्याङ्जा वालिङ घर भइ हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेस्टर्न अस्पतालमा निधन भएको थियो । मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आउनुभएको थियो ।
चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताउनुभयो ।