चट्याङ लागेर एक बालकको मृत्यु

मेघ गर्जनसहित चट्याङ लागेर पञ्चदेवल विनायक नगरपालिकामा एक बालकको मृत्यु भएको छ।

खाना खाएर शुक्रबार बेलुका परिवारसँग सुतेका पञ्चदेवल विनायक नगरपालिका–७ पुल्लेतोला निवासी १२ वर्षीया सुरत कामीको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

रने, मीना र जयसराको हालसम्म होस नआएको र उपचारका लागि लैजान तयार रहेको वडा अध्यक्ष गोविन्द रावलले जानकारी दिए।  ‘तीन जना बेहोस् छन्, उपचारका लागि लिन हामीले गाडी मगाएका छौँ।’ वडा अध्यक्ष रावलले भने।