दमकमा प्रहरीको कडाइ

दमक : दिनभरि लकडाउन प्रभावकारी भएपनि बिहान र बेलुका चोक र बजारमा मानिसहरुको चहलपहल बढेपछि कडाइका लागि प्रहरी सक्रियता बढेको छ ।

 

बिज्ञापन

बिनाकाम बाहिर निस्कनेलाई प्रहरीले बिहानैदेखि नियन्त्रणमा लिएर सामाजिक दुरी कायम गरी चौकमै दुई घण्टा उभिन लगाउन थालेको छ ।

 

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले लकडाउनको पालना गरी घरमै बसिदिन सबैलाई आग्रह समेत गरे । रासस