
कोरोना भाइरसको परीक्षणका लागि जगनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ मन्सुरीकाे स्वाब संकलन गरी प्रयाेगशाला पठाइएकाे छ ।
स्वास्थ्यकर्मीलाई घरमै बोलाएर आफूसहित परिवारका अन्य सदस्यको समेत स्वाबकाे नमूना दिएका हुन् ।
यसअघि जगनाथपुरका विभिन्न मस्जिदमा रहेका मानिसहरूलाई प्रशासनले क्वारेन्टाइनमा राखेको छ । ती मानिस दिल्लीको निजामुद्दीनमा भएको धार्मिकसभामा भागलिएर नेपाल आएको बुझिएकाे छ ।
उनीहरूकाे स्वाब संकलन गरेर परीक्षणका लागि हेटौंडा पठाइएकाे सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए । उनले भने, ‘उहाँहरू सबैको स्वाब संकलन गरेर हेटौंडा पठाएका छौँ । उहाँको परिवारलाई होम क्वारेन्टाइनमा बस्न भनेका छौँ ।’
दुई दिन पहिला वीरगञ्जमा रहेका तीन जना भारतीयमा कोरोना पोजेटिभ पाइएकाे छ ।