पहिलो मैत्रीपूर्ण खेलमा नेपाल र भारत बराबरीमा

काठमाडौं । घरेलु टिम नेपाल पहिलो मैत्रीपूर्ण खेलमा भारतसँग बराबरीमा रोकिएको छ ।

बिहीबार भएको खेलमा नेपालले भारतसँग १–१ गोलको बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती अग्रता जोगाउन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

बिज्ञापन

घरेलु दर्शकसामु खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएका थिए । भारतका चिन्गेलसना सिंह कोनसामको ब्याक पासमा अन्जनले गोल गरेका थिए ।

तर, खेलको ६० औं मिनेटमा अनिरुद्ध थापाले गोल गर्दै भारतलाई १–१ गोलको बराबरीमा ल्याएका थिए।

अब नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुनेछ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुने तालिका रहेको छ।