
काठमाडौं : समृद्धि नेपाल निर्माणका लागि ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा गरिएको छ ।




हाम्रो नेपाल राष्ट्रव्यापी अभियानले आज (बुधबार) काठमाडौमा पत्रकार सम्मेलन गरेर ‘म मेरो राष्ट्र बनाउँछु मात्र १ रुपैयाँले’ राष्ट्रव्यापी अभियान घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अभियन्ता नरेन्द्र देउजाले विदेशीको अनुदानभन्दा सबा तीन करोड नेपाली आफैले मात्र एक रुपैयाँ दिएर आफ्नो देश बनाउन सकिने बताएका छन् ।
उनले भने–‘तराईंहरुलाई आश्चर्य र हाँसो लाग्उो होला एक रुपैयाँले देश बनाउँछु भनेको सुन्दा । तर, आश्चर्य नमान्नुस् है यहाँहरुले सुन्नु भएको होला एक जना क्वान भन्ने व्यक्तिले सिंगापुर बनाए भने अर्का माहाथिर मोहम्मदले मलेसियाको मुहार फेरेको भन्ने हामिले पनि सुनका थियौं । तर, हामी एक जना हईन सवा ३ करोड नेपालीलाई नेपाल राष्ट्र बनाउने संकल्प गराउने छौं मात्र हामीलाई हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको मात्र एक रुपैयाँको खाँचो छ र तपाईं पत्रकार मित्रहरुले हाम्रो क्रियाकलापको हलपल निगरानी गरेर सहयोग गर्नु हवस् म अश्वय मेरो राष्ट्र बनाउनु मात्र एक रुपैयाले ।’
यसैगरी, पत्रकार सम्मेलनमा अभियन्ता भैरव बहादुर कार्कीले भने, ‘हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको मात्र एक रुपैयाँको खाँचो छ र अवश्य मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले ।’ उनले अभियानको मुख्य लक्ष्य भनेको मुख्य शत्रुको रुपमा विद्यमान रहेका गरिबी, अशिक्षा, अस्वस्थता, बेरोजगारी र महामारीको रुपमा बढ्दै गएको भ्रष्टाचारको उन्मूलन नै रहेको बताए ।
‘यस अभियानमार्फत म मेरो राष्ट्र बनाउँछु मात्र एक रुपैयाँले भन्ने अभियानमा नेपाल आमाको माटो छोएर कसम खाँदै अगाडि बढौं त कसरी बन्दैन हाम्रो राष्ट्र तर त्यसका लागि दृढ संकल्प लिएर इमान्दारिता, नैतिकता र अनुशासित भई सोच, सोध र खोजको शत्रुलाई अवलम्बन गर्दै अगाडि बढ्नुपर्छ ।’ पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।