डोटीमा कार दुर्घटना, ६ जना घाइते

कैलाली : डोटीबाट धनगढी आउँदै गरेको कार दुर्घटना भएको छ ।

 

बिज्ञापन

डोटीको जोरायल गाउँपालिका वडा नं.१ घण्टेश्वरको घोरडीमा आज से १ च २३८८ नं.को कार दुर्घटना हुँदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

 

डडेल्धुराबाट धनगढी आईरहेको कार आज बिहान पौने १० बजेतिर दुर्घटनामा हुँदा ६ जना घाईते भएको डोटी प्रहरीले जनाएको छ ।

 

उक्त कारले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएको पाईएको घण्टेश्वर प्रहरी चौकी गैराले जानकारी दिएको छ । धामीका अनुसार घटनामा परी घाइते हुनेमा चालक मान बहादुर थापासहित डडेल्धुराकै रामचन्द्र अवस्थी, रतन भण्डारी, आरन बहादुर थापा, एलिजा थापा र मान्धरी थापा रहेका छन् ।

 

चालक थापाको खुट्टाको रड निकाल्न भन्दै प्रशासनबाट सवारी पास लिएको पाईएको प्रहरीले जनाएको छ ।