
काठमाडौं । वर्षायाममा धान रोप्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेको सरकारले हिउँदे बालीका लागि समेत मल ल्याउनेमा अन्योल देखिएको छ ।

बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैंचो दिन सहमति जनाए पनि हालसम्म सरकारले ल्याउन सकेको छैन ।



मल नपाएर किसान छट्पटाएको देखेको भन्दै झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुषाललाई प्रश्न गरेका छन् ।

सोमबार ट्वीट गर्दै लिङ्देनले मन्त्री भुसाललाई सोधेका छन्, ‘प्रिय घनश्याम भुसाल, किसानले हिउँदे बालीका लागि पनि रासायनिक मल नपाउने टुङ्गोजस्तै देखियो । असफल भइयो कि बनाए ?’
सांसद् लिङ्देन निरन्तर रुपमा आफ्नो निर्वाचन क्षेत्रका जनतासँग भेटघाट गरिरहेका छन् । त्यसक्रममा किसानले मलको समस्याबारे गुनासो राख्नासाथ कृषिमन्त्रीलाई ध्यानाकर्षण गराएको उनले जनाएका छन् ।