एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोष कटौती गर्ने घोषणामा संयुक्त राष्ट्रले विश्व स्वास्थ्य संगठन वा अन्य कुनै मानव सेवा संगठनको श्रोत काट्नु ठीक नभएको बातएको छ ।
संयुक्त राष्ट्र संघको सचिव एन्टोनियो गुतारेसले मंगलबार सो बताएका हुन्।
एन्टोनियो गुटारेसले भने– ‘मलाई विश्वास छ कि विश्व स्वास्थ्य संगठनलाई सहयोग गर्नुपर्नेछ किनभने कोविड १९ बिरूद्ध चलिरहेको लडाई जित्नु एकदम चुनौतीपूर्ण काम हो ।’
केही समय अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको कोरोनाको बिरूद्धको कारवाही प्रभावकारी नभएको भन्दै अमेरिकाबाट रकम कटौती गर्ने भनेर घोषणा गरेका थिए ।
मंगलबार यो घोषणा गर्दै ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई कोरोनाको जोखिम लुकाएको आरोप लगाए । पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी राष्ट्रपतिले भने– ‘कोरोना भाइरसको संक्रमणको जोखिम लुकाएको र व्यवस्थापनमा विश्व स्वास्थ्य संगठनको भूमिकाको समीक्षा भइरहेको छ।’
राष्ट्रपति ट्रम्पले संगठनले कोरोना महामारीको बारेमा पारदर्शिता नलिएको पनि बताएका छन् । संयुक्त राज्य अमेरिकाले गत वर्ष ४०० मिलियन अमेरिकी डलर दिएको थियो। उनले अब संयुक्त राष्ट्र संघको यस संस्थालाई दिएको पैसालाई के गर्ने विचार गर्ने बताए । अमेरिकी राष्ट्रपतिले कोरोना भाइरसको बारेमा पनि गहिरो चिन्ता व्यक्त गरे।
अमेरिकी राष्ट्रपतिले विश्व स्वास्थ्य संगठनलाई चीनको पक्ष लिएको आरोप लगाए। ट्रम्प प्रशासनले विश्व स्वास्थ्य संगठन कोरोना महामारीमा चीनको पक्षमा रहेको बताउँदै कोरोनाले अमेरिकी अर्थव्यवस्था संकटमा परेको बताए । अमेरिकी जनता प्रत्येक वर्ष विश्व स्वास्थ्य संगठनलाई ४ सय देखि ५ सय मिलियन डलर सहयोग गर्ने गरेका छन् । तर चीनले हरेक वर्ष ४० मिलियन डलर भन्दा कम सहयोग गर्छ ।