
काठमाण्डाै – तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा ध्यानाकर्षण भएको राष्ट्रिय आवासीय चिकित्सक सङ्घले जनाएको छ ।




काठमाण्डाैकाे महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा कार्यरत तीन जना आवासीय चिकित्सकमाथि कुटपिट भएकोमा सङ्घले आपत्ति जनाएको हो ।

सङ्घले ती डाक्टरले परिचय पत्र देखाएको र आफूहरु अस्पतालबाट फर्किएको जानकारी गराउँदा पनि प्रहरीले लाठीचार्जसँगै गाली गरेको भन्दै ती प्रहरीलाई कारबाहीकाे माग गरेको छ । उनीहरुलाई कारबाहीकाे दायरामा नल्याए कडा कदम चाल्न बाध्य हुने पनि सङ्घले जनाएको छ ।
यसैबीच महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले डाक्टर कुटिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले जनाएको छ ।
समितिले सकेसम्म छिट्टै यथार्थ बुझेर प्रतिवेदन पेस गर्ने एक जना सदस्यले जानकारी दिए ।