ओलीको गृहनगर दमकमा राप्रपाले गाड्यो जीतको झण्डा

दमक । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमक नगरपालिकामा गठबन्धनकाे तर्फबाट राप्रपाका उम्मेदवार रामकुमार थापा विजयी भएका छन् ।वर्षौंदेखि एमालेको दबदबा रहेको दमक नगरपालिकामा एमालेको दबदबा तोड्दै थापा विजयी भएका हुन् ।

थापाले १७ हजार ५ सय २७ मत पाएर विजय प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी गीता अधिकारीले १६ हजार ९६६ मत प्राप्त गरी पराजित भइन् ।  अधिकारी यसअघि दमक नगरपालिकाकी उपप्रमुख थिइन् ।

बिज्ञापन

यसैगरी उपप्रमुखमा कांग्रेसकी रेगिना भट्टराई १७ हजार ७२ मतका साथ विजयी भइन् । उनले एमालेका अम्बिका खनाललाई पराजित गरिन् । खनालले १६ हजार ६७४ मत प्राप्त गरी पराजित भए ।