
काठमाडौं : कोरोना भाइरस सम्बन्धी बिमालेख आजदेखि औपचारिक रुपमा जारी गरिएको छ।बिमा समितिका अध्यक्ष चिरन्जीवी चापागाईंले आइतबार कोरोना भाइरस रोग सम्बन्धी पहिलो बिमालेख खरिद गरी औपचारिक सुरुवात गरेका हुन्।




कोरोना भाइरस संक्रमण पछिको उपचार सरकारले गर्ने भए पनि संक्रमित व्यक्तिको आर्थिक स्थितिलाई ध्यान दिएर बिमा लेख जारी गरिएको बताइएको छ। लकडाउनको अवस्थामा पनि सजिलै पोलिसी खरिद गर्न सकिने छ ।

मा पोलिसी खरिद गरेको १५ दिनपछि एक वर्षसम्म पीसीआर प्रविधिबाट कोरोना भाइरस संक्रमण भएको प्रभाणित भएमा बिमा दाबी गर्न सकिने अध्यक्ष चापागाईंले बताए ।
पहिलो बिमालेख १ लाख रुपैयाँको बिमाङ्कको छ भने उक्त पोलिसि खरिद गर्नका लागि प्रतिव्यक्ति १ हजार रुपैयाँ लाग्ने छ ।
यस्तै पारिवार वा संस्थागत रुपमा बिमा गरिन्छ भने प्रतिव्यक्ति ६ सय रुपैयाँ लाग्नेछ । यस्तै दोस्रो बिमालेख ५० हजार रुपैयाँको छ ।
उक्त बिमालेख खरिद गर्न प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवार वा संस्थाको सम्पूर्ण सदस्यको सामूहिक बिमा गर्न प्रतिव्यक्ति ३ सय रुपैयाँ लाग्नेछ । बिमा दाबीका लागि बिमा सुरु भएको १५ दिनसम्म प्रतीक्षा अवधि रहेको छ ।