सामाजिक दूरी कायम गर्दै शुक्रबारदेखि भाटभटेनी सुपरमार्केट खुला

काठमाण्डौ – भाटभटेनी सुपरमार्केटमा सामाजिक दूरी कायम गर्दै कारोबार खुला गरिएको छ ।

 

बिज्ञापन

शुक्रबारबाट खुला गरिएको भाटभटेनीमा स्वास्थ्य सावधानी अपनाउँदै कारोबार खुला गरिएको हो ।  यसअघि होम डेलीभरीमार्फत सेवा दिँदै आएको भाटभटेनीले शुक्रबारबाट स्टोर खुला गरेको हो ।

 

भाटभटेनीमा सामान किन्ने ग्राहकहरुका लागि पूर्ण सुरक्षा सावधानी अपनाइएको छ । सामाजिक दूरी कायम गर्ने, एक पटकमा स्टोरभित्र १० जनालाई मात्र प्रवेश दिने, ज्वरु नाप्ने र सेनिटाइजर प्रयोग गरेपछि मात्रै भित्र प्रवेश दिने गरि सावधानी अपनाइएको छ ।

 

काठमाण्डौको कलंकी, महाराजगन्ज, नक्साल, पुरानो भाटभटेनी, भक्तपुर र पुल्चोकको स्टोर खुला रहेका छन् ।