जलश्रोतको व्यवस्थापन गर्नु नै आजको आवश्यक्ता : मन्त्री भुसाल

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले जलश्रोतको सही उपयोग गरेर आर्थिक तथा सामाजिक विकासलाई उठाउनु तत्कालको आवश्यक्ता भएको बताएकी छन् ।

बुधवार ललितपुरमा आयोजित पानी, उर्जा, खाद्य तथा परिस्थितिकीय प्रणालीजन्य बहुआयामिक फाइदाहरुको प्राप्ती विषयक कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएकी हुन् । उनले जलश्रोत व्यवस्थापनमा धेरै चुनौतिहरु रहेको भन्दै आजको आवश्यक्ता नै जलश्रोतको व्यवस्थापन गर्नु रहेको बताइन् ।

मन्त्री भुसालले जलवायु परिवर्तनका कारण नेपालमा कृषि, वन, स्वास्थ्य, जैविक विविधता लगायतका विभिन्न क्षेत्रमा समस्या परिरहेको बताएकी छन् ।

उनले जलवायु परिवर्तनको असरले हिमनदी, अतिवृष्टि, अनावृष्टि, अल्पवृष्टि जस्ता प्राकृतिक प्रकोपले समग्र क्षेत्रलाई असर पारिरहेको बताएकी छन् । नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएपनि पनि सकेजति विद्युत उत्पादन गर्न नसकिएको बताईन् ।

उनले प्रविधिलाई कृषि, बजारीकरण, सीप र संस्थागत पक्षहरुसँग एकीकृत गर्न जरुरी रहेको भन्दै त्यसका लागि आवश्यक खाका तयार पार्नुपर्ने आवश्यक्ता देखा परेको बताएकी छन् ।

मन्त्री भुसालले भूमिगत जलश्रोतलाई दिगोरुपमा प्रयोग गरेर तराईको जमिन सिञ्चित गर्न सके त्यसले सामाजिक तथा आर्थिक विकासमा ठूलो योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् । उनले बहुपक्षीय चुनौतिहरुलाई सम्बोधन गर्न एकीकृत जलश्रोत व्यवस्थापन तथा जलश्रोतको बहुपक्षीय उपयोग गर्न आवश्यक रहेको बताएकी छन् ।