प्रकोप व्यवस्थापन कोषमा गौरादह कांग्रेसको ऐक्यबद्धता , सहयोगराशिको यस्तो घोषणा

गौरादह / नेपाली कांग्रेस गौरादह नगर समितिले कोरोना प्रकोप व्यवस्थापनको लागि नगद १ लाख १ सय ११ रुपैया हस्तान्तरण गरेको छ ।

 

बिज्ञापन

नगरपालिका परिसरमा शुक्रबार आयोजित एक अनौपचारिक कार्यक्रम बिच नगद हस्तान्तरण गरिएको हो ।

 

हस्तान्तरण कार्यक्रममा नगर प्रमुख रोहित कुमार साह तथा उप प्रमुख गिता भेट्वालको उपस्थिति रहेकोे थियो भने सहयोग रकम हस्तान्तरणमा नेपाली कांग्रेस पार्टिको तर्फ बाट नगर सभापति यादब राज सेडाइ , नगर सचिब द्वय बेद प्रकाश सुवेदी ( बिदुर )/ नेत्र खड्का, नगर सदस्य दिपक खड्का/ इमानसिंह तामाङ , ने बि संघ नगर सभापती बाबुराम नेपाल , सन्जिब कार्की र तारा कुमार श्रेष्ठ लगायतका पार्टी कार्यकर्ताको उपस्थिति रहेको नेपाली कांग्रेस क्षेत्रीय प्रतिनिधि सन्जिब कार्कीले ओमकार टाइम्सलाई बताए ।