
झापा। एसिया कप ट्वान्टी–ट्वान्टी क्रिकेटमा आज बङ्लादेश र अफगानिस्तान खेल्दैछन् । खेल यूएईको सारजाह क्रिकेट मैदानमा बेलुका पौने आठ बजे सुरु हुनेछ । समूह ‘बी’ मा रहेको अफगानिस्तानले दोस्रो र बङ्लादेशले पहिलो खेल खेल्न लागेका हुन् ।

प्रतियोगितामा ६ टोली सहभागी छन् । समूह ‘ए’ मा साविक विजेता भारतसहित पाकिस्तान र हङकङ रहेका छन् । समूह ‘बी’ मा अफगानिस्तान, बङ्लादेश र श्रीलङ्का रहेका छन् ।
बिज्ञापन



यसअघि भएको खेलमा श्रीलङ्कालाई ८ विकेटले हराएर अफगानिस्तानले र समूह ‘ए’ मा रहेको भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेका छन् । भारतले हङकङसँग भोलि र पाकिस्तानले शुक्रवार खेल्नेछ । बिहीवार श्रीलङ्का र बङ्लादेशबीच खेल हुनेछ ।
