
सल्यान : सल्यानमा छोराले बाबुको हत्या गरेका छन् । जिल्लाको सिद्ध कुमाख गाउँपालिका–२ कुइयाँझोलका २१ वर्षीय छोरा सुरज विकले बाबु बुदे कामीको हत्या गरेका हुन् ।

बिज्ञापन



जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हिजो (शनिबार) बेलुका करिब ७ बजे बाबुको हत्या गरेको हो ।

हत्याको आरोपमा छोरा सुरजलाई आज (आइतबार) बिहान नियन्त्रत्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।
गत वैशाख १ मा सुरजले कुटपिट गरी आमाको हातसमेत बाँचेका थिए ।
मृतक कामीको शव पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पताल लगिँदै छ । हत्याबारे थप अनुसन्धान भइरहेको डिएसपी खतिवडाले जनाकारी दिए ।