
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो ।गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १२ पुगेको छ ।
बिज्ञापन



पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९८७ पुगेको छ । हाल नेपालमा ८७० जना सक्रिय संक्रमित रहेका छन् ।
