स्थानिय सरकारको लापरबाहिको कारण झापा उच्च जोखिममा :भाइरसबाट सङ्क्रमित दुबै जना क्वारेन्टाईनमा बसेका  थिएनन

झापामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले जोखिम मानिएको छ । पछिल्लो समय दमक र बाहदशीमा एक–एक जनालाई कोरोना सङ्क्रमण भएपछि झापा जोखिममा परेको हो । भाइरसबाट सङ्क्रमित भएका दुबै जना क्वारेन्टाईनमा बसेका भने थिएनन् ।

 

बिज्ञापन

यता, दमकमा एक व्याक्तिमा कोरोनाबाट सङ्क्रमित भएपछि स्वास्थ्यकर्मी एबम् प्राविधिकहरुको टोली परिचालित गरिएको नगरपालिकाले जनाएको छ । आइतबारदेखी सुरु गरिएको स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोलीले दमक–३ जनता चौकका ७० जना बढीको स्वास्थ्य परिक्षण गरिएको छ । उनीहरुको ज्वोरोसहित आरडिटी परिक्षण गरिएको नगर स्वास्थ्य अधिकृत बद्री बरालले जानकारी दिए ।

 

दमकमा कोरोना सङ्क्रमित व्याक्तिको छोरा विदेशबाट आएका हुन् । तर, बाबुमा कोरोना संक्रमण पुष्टि भयो । उनका परिवारका सदस्यहरु अहिले पनि शंकाको घेरामा रहेकाले आइसुलेसनमा रहेका छन् ।

 

यद्यपी धेरै ठाँउमा आरडीटी परीक्षणमा शंकाश्पद देखिएकाहरु स्वाब परीक्षणमा नेगेटिभ देखिएका छन् । आरडीटी नेगेटीभ देखिएकाहरुमा स्वाब परीक्षण पोजेटिभ पनि देखिएको छ । यो झापाकै पछिल्लो घटनाले पनि पुष्टि गरेको छ ।

 

बाह्दशीका एक जमातीमा दूइ पटकको आरडीटी नेगेटिभ देखिएको भएपनि पछिल्लो स्वाब परीक्षणले उनको कोराना संक्रमण पुष्टि भयो । जो प्रत्यक्ष रुपमा सक्रमितको परिवारमा थिए त्यहि परिवारका अन्य सदस्यहरुको हिडडुलले यसको चेन बढ्ने देखिन्छ ।

 

अझ बाह्दशीका कोराना संक्रमित आफै राहत बाँडन हिडेको र बजार समेत बारम्बार आएको जनाईएको छ । दूइ पटक आरडीटी नेगेटिभ र एक पटक पिसिआर पनि नेगेटिभ आएकाले उनको हिमचिम धेरैसंग भएको हुनसक्छ ।

 

प्रारम्भिक परीक्षणको वास्तविकता लु्काउनभन्दा पनि बाहिर ल्याएर आम नागरिकलाई सचेत गराउन आवश्यक रहेको छ । सम्भावित जोखिम र यसबाट बचाउनका लागि पर्याप्तमात्रामा जाँचका लागि आवश्यक कीटहरु स्थानीय तहलाई उपलब्ध हुनुपर्दछ ।

 

भारतमा महामारी फैलिएको अवस्थामा आफन्तहरु लुकिछिपी नेपाल भित्रनु स्वभाविक हो । अहिले त सिमामा कडाई गरिएको छ त्यो भन्दा अघि भित्रिएकाहरु पनि निगरानी सबैले बढाउन जरुरी छ ।

 

किनभने एकदेखि डेढ महिना अघि नै नेपाल आएका तथा होम क्वारेन्टाइनमा बसेका भनिएकाबाट समेत रोगको संक्रमण फैलिएको पाईन थालेको छ ।