
नेपाली बजारमा सोमबार र मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारदेखि तोलामा ८६ हजार ६०० रुपैयाँमा कारोबार भइहरकाे छ । यस्तै तेजावी सुन प्रतितोला ८६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने सामान्य बढेको छ । मंगलबार चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ बढेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २८० रुपैयाँमा कायम भएकाे छ ।