काेराेनाले अर्थतन्त्रमा पारेकाे प्रभावका बारेमा कांग्रेसले अर्थविद्सँग छलफल गर्ने

काठमाण्डाै – काेरोना भाइरस (काेभिड १९) को सङ्क्रमणले अर्थतन्त्रमा पारेको प्रभावका बारेमा नेपाली कांग्रेसले अर्थविद्सँग छलफल गर्ने भएको छ ।

 

कोरोना भाइरसपछिको अर्थतन्त्र र सरकारले चाल्नुपर्ने कदमलगायतका विषयमा छलफल गर्न मङ्गलबार अर्थशास्त्रीहरुको बैठक डाकिएको कांग्रेसले जनाएको छ । बैठकमा पूर्वअर्थमन्त्रीहरु डाक्टर रामशरण महत, महेश आचार्य र ज्ञानेन्द्रबहादुर कार्की उपस्थित हुनेछन् ।

 

साथै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरु डाक्टर शङ्कर शर्मा, डाक्टर स्वर्णीम वाग्ले, डाक्टर गोविन्द पोखरेल, डाक्टर जगदीशचन्द्र पोखरेललगायत अर्थशास्त्रीलाई बोलाइएको कांग्रेसले जनाएको छ ।

 

बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेपछि बस्नेछ । कांग्रेसले केही दिनअघि पूर्वस्वास्थ्यमन्त्री तथा जनस्वास्थ्यविद्सँग छलफल गरी कोरोनाको सङ्क्रमण फैलिन नदिन अपनाउनुपर्ने सुझावका बारेमा सरकारलाई अवगत गराएकाे थियो ।