नेपाल एअरलाइन्सको कोरिया उडान स्थगित, सबै यात्रुको स्वास्थ्य जाँचपछि मात्रै उड्ने

काठमाण्डाै – नेपाल एअरलाइन्सको बिहीबार दक्षिण कोरियाको लागि हुने उडान स्थगित भएको छ

 

बिज्ञापन

नेपाल एअरलाइन्सले नेपाली कामदार लिएर बिहीबार दक्षिण कोरियाको इन्चोन विमानस्थल जाने तालिका बनाएको थियो । तर कोरिया सरकार गैरआवासीय नेपाली सङ्घ एनआरएनए ले सबै नेपालीको बृहत् स्वास्थ्य जाँचपछि मात्रै पठाउन अनुरोध गरेकाले उडान स्थगित भएको नेपाल एअरलाइन्सकी प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो ।

 

अब सबै यात्रुको बृहत् स्वास्थ्य जाँच हुनेछ र कुनै कैफियत नदेखिएका नेपाली मात्रै जान पाउनेछन् । कोरियन भाषा परीक्षा (ईपीएस) पास गरेका नेपाली कामदारलाई भित्रन दिन कोरिया सहमत भएपछि सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले नेपालीहरु कोरिया जान सक्ने निर्णय गरेको थियो ।

 

स्थगित भएको बिहीबारकाे उडानको अर्को तालिका छिटै सार्वजनिक हुने पनि प्रवक्ता खड्काले जानकारी दिनुभयो ।