इन्डोनेसियाको एक कारागारमा आगलागी, ४१ कैदीबन्दीको मृत्यु

एजेन्सी : इन्डोनेशियाको एक कारागारमा आगलागी हुँदा ४१ कैदीबन्दीको मृत्यु भएको छ । इन्डोनेसियाको बैंटन प्रान्तमा रहेको कारागारमा आगलागी हुँदा ५० भन्दा बढी कैदीहरु घाइते भएका छन् ।

बुधबार बिहानको समयमा अधिकांश कैदीहरु सुतिरहेको अवस्थामा आगलागी हुँदा कैदीबन्दीहरु भाग्न समेत नपाएका कारण धेरैको ज्यान गएको बताइएको छ । जेलको आगलागी भएको ब्लक सीमा १२२ कैदीहरूलाई राखिएको थियो ।

बिज्ञापन

उक्त जेलमा क्षमता भन्दा धेरै झण्डै २००० कैदी राखिएको छ । आगलागी सुरु भएपछि कैदी बन्दीहरुलाई बाहिर निकाल्न सकिएको थिएन । आगलागीको कारण बारे अनुसन्धान भइरहेको प्रहरीले छ ।