सभामुख अग्नि सापकोटाको कोरोना परीक्षण

सभामुख अग्निप्रसाद सापकोटाको कोरोना भाइरस परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

 

संघीय संसदको वर्षे अधिवेशन सुरु हुनुुअघि सांसदहरूको पीसीआर विधिबाट नमुना संकलन सुरु भएको हो । पहिलो स्वाब भने सभामुखको निकालिएको सभामुखको सचिवालयले जानकारी गराएको छ ।

 

आज दुवै सदनका सांसदहरूको नमुना संकलन गरिने सचिवालयले जनाएको छ । संसद अधिवेशन भोलिदेखि सुरु हुँदै छ ।

 

पीसीआर विधिबाट कोरोना परीक्षण गर्ने निर्णयअनुसार आज स्वास्थ्यकर्मीहरू संसद भवन पुगेका छन्

 

सांसदहरूको नमुना परीक्षण हुने भए पनि पछिल्ला दिन सर्वसाधारणको नमुना संकलन भने निकै सुस्त बनेको छ ।