
सुनको मूल्य बिहीबार तोलामा एक हजार रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बधबार सुन तोलाको ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ ।
चाँदीको मूल्य पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ ।
बुधबार एक हजार तीन सय ४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार तीन सय २० रुपैयाँमा निर्धारण भएको छ ।