
झापा: कमल गाउँ पालिका वार्ड नं. ६ लखनपुरमा रहेको साउथपोल बोर्डिङ स्कुलको प्रधानाध्यापक दिपक संग्रौलाको नाम शिक्षक पेशा संग मात्र जोडिएको छैन । आवासीय प्र. अ. भनेर पनि चिनिनु हुने संग्रौलाले कृषि क्षेत्रमा पनि बलियो उपस्थिति देखाउदै आउनुभएको छ । कृषिलाई अतिरिक्त पेशाको रूपमा राख्दै आउनु भएका संग्रौलाले आफ्नो खेतीमा धेरै प्रकारको बालीनाली परिक्षण गर्दै आउनुभएको छ । लकडाउनको समयमा समेत प्र. अ. संग्रौलाले आफुलाइ निकै व्यस्त राख्न सफल हुनुभएको छ ।
सामाजिक संजालमा गत साता वहाँको एउटा पोस्ट निकै भाइरल भयो । उक्त पोस्टमा एउटा कृषि औजारको तस्बिर राखिएको थियो र क्याप्सनमा लेखिएको थियो, ‘मल हाल्नको लागि प्रयोग गर्न मिल्ने घरेलु प्रबिधिको कृषि औजार ।’ जुन संग्रौला आफैंले निर्माण गर्नु भएको थियो ।
ओमकार टाइम्स मिडिया आवद्ध पत्रकारहरुको टोली व्यवसायीक खेती अवलोकन गर्न जादा घरमै निर्माण गरिएको मल छर्ने कृषि औजार मात्र होइन, लहलह परेको सुर्यमुखी फुल र बिधालय भवनको छतमा लगाउन सुरु गरिएको टेरेस खेती प्रबिधिको समेत अवलोकन गर्ने मौका जुर्यो ।
करिब १० कठ्ठामा लगाइएको सुर्यमुखी खेतीले महत्त्वपूर्ण सफलता दिने कुरामा ढुक्क रहनु भएका संग्रौला दक्षिण पश्चिम झापाको जमिन सुर्यमुखी खेतीको लागि अत्यन्तै उपयोगी हुने बताउनु हुन्छ । राम्रो हेरबिचार पुर्याउन सक्दा सोचे भन्दा बढिनै उत्पादन लिन सकिने वहाँको विश्वास छ । बजारमा पाइने सुर्यमुखी तेल अखाद्य प्रकारको हुने र कतिपय ब्राण्डको तेल फ्लेबरिङ मात्र गरिएको हुनाले जनस्वास्थ्यमा गम्भीर असर पुग्ने संग्रौलाको तर्क छ । १/२ कठ्ठामा सुर्यमुखी खेती लगाउदा एउटा परिवारलाई वर्ष भरी तेल खान पुग्ने वहाँ बताउनु हुन्छ । बिधालयमा गरिएको टेरेस फार्मिङले व्यवसायीक विषयका विद्यार्थीहरुलाइ व्यवहारिक ज्ञानको लागि निकै ठूलो सहयोग पुगेको प्र. अ. संग्रौलाको अनुभव छ । प्रधानाध्यापक आफैंले बिधालय परिसरमा मेहनत गर्नाले साउथपोलका विद्यार्थीहरुले पनि कृषि क्षेत्रमा धेरै कुरा सिक्न पाएको देखिन्छ । प्राय कृषि क्षेत्रमा व्यस्त रहने प्र. अ. संग्रौला विद्यार्थीहरुलाइ आत्मनिर्भर हुने व्यवहारिक ज्ञान दिनुपर्ने आवस्यकता औल्याउँनु हुन्छ ।
उच्च शिक्षा अध्ययनको नाममा बिदेश पठाउनु भन्दा आत्मनिर्भर हुने बाटो बिधालयले नै खोजीदिनु पर्ने अन्य बिधालयलाई समेत वहाँको सुझाव छ ।
सुर्यमुखी खेती मात्र होइन कृषक संग्रौलाले लगाएका अन्य धेरै नगदे बाली संगै माहुरी पालन व्यवसाय पनि निकै फस्टाएको देखिन्छ । रासायनिक औषधिको प्रयोगमा नियन्त्रण ल्याउन सक्ने हो र अर्गानिक उत्पादनलाई प्राथमिकतामा राख्ने हो भने माहुरी पालन व्यवसाय अत्यन्तै सफलता पुर्वक गर्न सकिने वहाँ बताउनु हुन्छ । करिब १५ देखि २० वटा चालू घार व्यवस्थापन गरिएको वहाँको बारीमा मौरीहरु यत्रतत्र घुमिरहेको रमाइलो दृश्य देख्न पाइन्छ । लकडाउनको समयमा आफुलाइ पुग्ने पर्याप्त साग सब्जी बाहेक गाउँ घरमा वितरण गर्न भ्याउनु भएका कृषक संग्रौलाको नाम स्थानीयले अत्यन्तै सम्मान पुर्वक लिने गरेको पाइन्छ ।
‘अब आफुले उत्पादन गरेको चिज मात्र खानुपर्ने दिन आइसके, अहिले नगरे कहिले गर्ने?’, वहाँले भन्नू भयो ।
सुर्यमुखी खेती कसरी गर्ने?
सुर्यमुखी खेतीको लागि दोमट प्रकारको माटो उपयुक्त मानिन्छ । माटोको पि.एच. ६.५ देखि ८.५ सम्म हुनु उपयुक्त हुन्छ । जमिन पानी नजम्ने खालको हुनुपर्छ । प्रायः गर्मी मौसममा लगाइने यो बालीलाई झापामा फागुनको पहिलो हप्ता र जेष्ठको पहिलो हप्ता गरि वर्षको २ पटक लगाउन सकिने यद्यपि वर्षादको मौसममा रोग किराको प्रकोप धेरै हुने प्र. अ. संग्रौला आफ्नो अनुभव सुनाउनु हुन्छ ।
मलखाद र बीउ छनौट
लोकल वा उन्नत जातको कुनै पनि बीउ उपयुक्त हुने यो बालीमा प्रायः कृषकहरूले उन्नत जातकै बीउ छनौट गर्ने गरेको पाइन्छ ।
वीउको मात्रा ६ / ७ के.जी. प्रति विघा,३ ४ से.मी. गहिराईमा हारको दुरी ६० से.मी. र विरुवा देखि विरुवा विचको दुरी २० देखि २५ से.मी. हुनु पर्दछ ।
सुर्यमुखी बालीलाई मलखादको राम्रो ब्यवस्था गर्नु पर्दछ । रासायनिक मलको प्रयोग नगरी नहुने जमिनमा प्रति कटृा डि.एपी. ४.५ के.जी., यूरिया ५ /६ के.जी. र पोटास २.५ के.जी. सिफारिस गरिएको छ । गोबरमल वा कम्पोष्ट मल प्रयोग गरेमा यूरियाको मात्रा घटाउन सकिन्छ । यद्यपि हाईब्रिड जात लगाएको भए उल्लेखित परिमाणमा केहि थप गर्नु पर्दछ ।
रोग किरा र अन्य प्राबिधिक जानकारीको नियन्त्रणको लागि विज्ञ संग सल्लाह सुझाव लिएर सुर्यमुखी खेती सुरु गर्न कृषक संग्रौलाको सुझाव रहेको छ।
यदि तपाईंले पनि कुनै फसल लगाउनु भएको छ भनें हामी संग आफ्नो अनुभव शेयर गर्न सक्नु हुनेछ ।
हेर्नुस भिडियो :
व्यवहारिक पद्धतिमा बालबालिकालाई पढाउनु पर्छ र कृषि क्षेत्रमा विद्यार्थीको ध्यानाकर्षण गराउनु पर्दछ भन्ने महान सोच भएका शिक्षक तथा सफल कृषक दिपक संग्रौलालाई ओमकार टाइम्स मिडिया प्रा. ली. को तर्फ बाट पुर्ण सफलताको शुभकामना ।