त्रिवि परिसरमा एक युवक मृत अवस्थामा फेला

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको परिसरमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।

जंगलभित्र कपुरको रुखमा झुन्डिएको अवस्थामा शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन

शवको सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ। महानगरीय प्रहरी वृत्त कीर्तिपुरको टोली घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ ।

आज बिहान सात बजेतिर त्रिविको जंगलमा शव भेटिएको भन्दै फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो।