आइतबारदेखि नियमित काममा हाजिर हुन कर्मचारीलाई सरकारी कार्यालयको निर्देशन

काठमाडौं : काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु भोलि (आइतबार) देखि पूर्वतरुपमा सञ्चालन गर्ने तयारी भएको छ ।

 

लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएका कारणले सबै सरकारी कार्यालयका सेवा सामान्य हुन भने अझै केही दिन लाग्ने छ ।

 

कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेसँगै धेरै जसो सरकारी कार्यालयहरु सेवाप्रवाह प्रभावित हुँदै आएको छ ।

 

अधिकांश कर्मचारीहरु घरमै बसिरहेकाले सरकारी कार्यालयहरु सुनसान छन् ।

 

बुधबार बसेको मन्त्रिपरिषदको बैठकले बढिमा एक चौथाई कर्मचारीहरु मार्फत सेवा प्रवाह निर्णय गरेसँगै कतिपय सरकारी कार्यालयहरुले आइतबारदेखि नियमित काममा हाजिर हुन आफ्ना कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

 

पूरानो आर्थिक वर्ष अन्य र नयाँ आर्थिक वर्ष शुरु हुनेबेला कार्यालयका आन्तरिक काम बढी हुने भएकोले पनि कर्मचारीहरुलाई कार्यालय उपस्थित हुन भनिएको छ ।